PRABHU BANK

महालक्ष्मी विकास बैंकले लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने भएको छ । बैंकले टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने भएको हो ।

बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता-डिलर अरेत ईन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ । सो सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने बैंकले जनाएको छ ।

त्यस्तै, विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै