PRABHU BANK

सानिमा बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई बुद्ध एयरमा ८ प्रतिशतसम्म छुट

काठमाडौँ । सानिमा बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई बुद्ध एयरमा छुट हुने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

यस छुटका लागि ग्राहकहरूले बुद्ध एयरको कार्यालय (सिटी सेल्स अफिस) वा एयरपोर्टको काउन्टबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आइरहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै