PRABHU BANK

बैंकहरुको निक्षेप सङ्कलन एकैदिन ४ अर्ब रुपैयाँले घट्यो, अन्तर बैंक ब्याजदर कति ?

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ४ अर्ब रुपैयाँले घटेको हो ।

साउन १४ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ४ अर्ब रुपैयाँले निक्षेप घटेर साउन १५ गते ६४ खर्ब ३० अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन ३ अर्बले घटेको छ । साउन १४ गते ५७ खर्ब ३ अर्ब निक्षेप सङ्कलन भएकोमा १५ गते ५७ खर्ब निक्षेप रहेको छ ।

यता औसत सीडी रेसियो ७८.४७ बाट बढेर ७८.५४ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै