काठमाडौँ । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । उनी साउन १६ गतेदेखि लागू हुनेगरी सो पदमा नियुक्त भएका हुन् ।
बैंकको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
उनी आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त भएको बैंकले जनाएको छ ।