PRABHU BANK

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँको कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।

उनले काठमाडौँ बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फुटाउने प्रयास गरेका थिए । प्रहरीले आइतबार दिउँसो उक्त युवकलाई पक्राउ गरेको हो । यसैगरी पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले फलामको रडसमेत बरामद गरेका थिए ।

हाल बैठाको प्रहरी वृत बालाजुमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै