DISH HOME

विदेशी ऋणको जोखिम कम गर्न राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली जारी   

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले बिदेशबाट ऋण ल्याउन चाहाने बैंकहरूलाई  विनिमय दरमा अप्ठ्यारो नपरोस् भनी ‘स्वाप’ योजना ल्याएको छ । राष्ट्र बैंकले आइतबार बिदेशी ऋण सम्बन्धी कारोबार गर्दा आइपर्ने जोखिम घटाउन विनियमावली, २०८१ जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था लगायतबाट ऋण ल्याएपछि विदेशी विनिमय दरमा हुने परिवर्तनले जोखिम भएको पाइएपछि केन्द्रीय बैंकले याे व्यवस्था ल्याएको हाे । राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार विनियमावली कार्यान्वयनमा ल्याएको हो ।

स्वाप कारोबारगर्दा राष्ट्र बैंकले काउन्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्ने भएकाले नेपाली बैंकहरूलाई सजिलो गरि विदेशबाटलिइने ऋणकाे जोखिन कम गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै