PRABHU BANK

मुनाफाको ३ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्न लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । लघुवित्त वित्तिय संस्थाहरूले अबदेखि मुनाफाको ३ प्रतिशत ग्राहक संरक्षण कोषमा जम्मा गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै मुनाफाको ३ प्रतिशत ग्राहक संरक्षण कोषका लागि छुट्याउन निर्देशन दिएको हो ।

लघुवित्त वित्तिय संस्थाहरूले यसअघि मुनाफाको १ प्रतिशत मात्रै ग्राहक संरक्षण कोषमा छुट्याउनुपर्ने व्यवस्था रहेको थियो ।

केन्द्रीय बैंकले परिपत्र जारी गर्दै लघुवित्त वित्तिय संस्थाहरूले चालु आर्थिक वर्षको नाफाबाट १.५ प्रतिशत, २०८३ असार मसान्तमा २ प्रतिशत र २०८४ असार मसान्तसम्म ३ प्रतिशत छुट्याउन निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै