PRABHU BANK

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखमा भट्ट नियुक्त

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखमा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक डा.गुणाकर भट्ट अनुसन्धान विभाग प्रमुखमा नियुक्त भएका हुन् ।

अनुसन्धान विभाग प्रमुख डा.प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएसँगै डा.भट्ट अनुसन्धान विभाग प्रमुखमा  नियुक्त भएका हुन् ।

यसअघि पनि भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन् । डा.भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै