PRABHU BANK

ज्योति विकास बैंक र ई-नेबल नेपालबीच सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक र ई-नेबल नेपालबीच सम्झौता भएको छ । बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरुलाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्ने भएको छ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरुलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको जनाएको छ ।

बैंकले यसअघि पनि ई-नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकाहरूलाई उक्त हातहरू प्रदान गरेको थियो । यसका साथै बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा ‘न्यानो नानी’ परियोजना-५ लाई निरन्तरता दिने घोषणा गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै