PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टको सेवामा १५ प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन् । सिटिजन्स बैंक र काभ्रेपलान्चोकको धुलिखेलमा रहेको उक्त रिसोर्टबीच बैंकका ग्राहकलाई छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झैता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएकाे छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास रहेको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दैअएको छ ।

सिटिजन्स बैंकले ६० जिल्लामा रहेका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट सहज सेवा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै