PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार थापालाई मुख्य प्रबन्धकबाट उप-कार्यकारी अधिकृतमा बढुवा गरिएको हो ।

मुख्य प्रबन्धक थापा बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएका हुन् ।

व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका थापाले २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंकमा सेवा प्रवेश गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै