PRABHU BANK

ग्लोबल आईएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंककाे स्वतन्त्र-महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई महिला सञ्चालकमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली अध्यापन लगायत विभिन्न संघ संस्थामा संलग्न रहेकी थिइन् । ज्ञावालीकाे कार्यकाल भदौ १ गतेदेखि लागु हुने बैंकले जनाएकाे छ ।

बिहीबार बसेकाे उक्त बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मीलाई नियुक्त गरेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै