PRABHU BANK

५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको ग्लोबल आइएमई बैंक लिमिटेडले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने “ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१र९२” जारी गर्न लागेको बैंकले जनाएको छ ।

बैंकका अनुसार जारी युनिटको ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकि ६० प्रतिशत अर्थात २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने भएको छ ।

बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू बाट सेवा दिइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै