DISH HOME

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता भएको छ । बुधबार उक्त दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो ।

सो सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

विभिन्न बैंक र वित्त तथा अन्य गेट-वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक र यातायात प्रालिबीच सम्झौता भएको छ ।

प्रभु बैंकका गण्डकी प्रदेश,  प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै