PRABHU BANK

नेपाल राष्ट्र बैंकले पाँच वटा विकास बैंकलाई गर्‍यो कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच वटा विकास बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले अगिल्लो आर्थिक वर्षमा कानून पालना नगरेको भन्दै विभिन्न पाँच वटा विकास बैंकहरूलाई कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक भने दुई पटक कारबाहीमा परिसकेको छ ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागले गरेको अनुगमनका क्रममा विभिन्न समस्या र नीति नियमबमोजिम कार्य गर्नुको सट्टा उल्टै नियम मिचेको पाइएपछि उनीहरूलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै