PRABHU BANK

‘आम जनतालाई बैंक र सहकारी संस्थाबीचको भिन्नता सुसूचित गराउन आवश्यक छ’ : त्रिलोचन पँगेनी

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक त्रिलोचन पँगेनीले आम जनतालाई बैंक र सहकारी संस्थाबीचको भिन्नता सुसूचित गराउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा पत्रकारसँग कुरागर्दै पँगेनीले यस्तो बताएका हुन् ।

उनले सहकारी संस्थामाथिको अविश्वासले बाँकिङ क्षेत्रलाई पनि असर गर्ने भएकाले आम जनतालाई बैंक र सहकारी संस्था बीचको भिन्नता सुसूचित गराउन तर्फ ध्यान दिनुपर्ने जनाएका छन् ।

बचतकर्ताले दैनिक काम गरेको सनाे- सानो रकम सहकारी संस्थामा राख्दा धोका पाएकाले अहिले देशैभरी सहकारी संस्थाप्रति वितृष्णा फैलिएको र उनीहरु मध्ये अधिकांशले बैंक र सहकारी एउटै हो भनेर बुझ्ने भएकाले पनि समस्या आउने बताएका छन् ।

सहकारी संस्थामाथिको अविश्वासले बैंकिङ क्षेत्रलाई पनि अछुतो नछोड्ने भएकाले बचतकर्तालाई बैंक र सहकारी संस्था बीचको भिन्नता सुसूचित गराउन तर्फ बिशेष ध्यान दिनुपर्ने पँगेनीको भनाई रहेको छ ।

पँगेनीले भने, ‘बचत तथा ऋण सहकारी संस्थाको बचत परिचालन तथा कर्जा उपयोग यथेष्ट भए पनि त्यो वैज्ञानिक नहुँदा अधिकांश संस्था समस्याग्रस्त बन्दै छन् । ती संस्थामाथिको अविश्वासले बैंकिङ क्षेत्रलाई पनि अछुतो छोड्न सक्दैन। त्यसैले बैंकिङ क्षेत्रलाई थप विश्वासिलो बनाउन बैंक र सहकारी संस्थाबीचको भिन्नताको सन्दर्भमा जनतालाई सुसूचित गराउन आवश्यक छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै