PRABHU BANK

नेपाल एसबिआई बैंकले मनायो ३१औँ वार्षिकोत्सव

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले ३१औँ वार्षिकोत्सव मनाएको छ । बैंकले आइतबार एक कार्यक्रमबीच आफनो ३१औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा पनि जानकारी गराएका थिए ।

साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंठाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै अझै निरन्तरताका लागी आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै