PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूलाई कावासोती हस्पिटलको सेवामा २० प्रतिशत छुट

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कावासोती हस्पपिटलबीच सम्झौता भएको छ । बैंक र होस्पितलबीच ग्राहकहरूलाई छुट दिने बारे सम्झौता भएको हो ।

सो सम्झाैता पश्चात नवलपुरमा रहेको कावासोती हस्पिटलको सेवामा बैंकका ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । उक्त  समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले कावासोती हस्पिटलका विभिन्न सेवाहरूमा २० प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै