PRABHU BANK

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड बैंकका दुई वटा रिक्त पदमा अन्तरिम प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले आउँदो साउन महिनाबाट लागू हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।

बैंकले दुबै जनालाई साउन १ गतेदेखि लागू हुनेगरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति गरेको छ ।

बैकिङ क्षत्रमा १५ वर्ष भन्दा बढीको अनुभव बटुलेका नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए । यता नवनियुक्त सहायक महाप्रबन्धक थापा विगत ७ वर्षदेखि ज्योति विकास बैंकमा आबद्ध रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै