PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई टी थ्री थकालीमा १० प्रतिशत छुट

काठमाडौँ । प्रभु बैंक र टी थ्री थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र टी थ्रीबीच ग्राहकहरूलाई थकालीले दिने सेवामा छुट दिने बारे सम्झौता भएको हो ।

सम्झौतामा प्रभु बैंकका बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टी थ्री थकाली ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

काठमाडौँमा रहेको टी थ्री रेस्टुरेन्टले २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले नेपालभर ३ सय ७ शाखा कार्यालय, २ सय ८६ एटिएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै