prabhu

नबिल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा गर्यो ७८ हजार बढी सहयोग

काठमाडौँ । नबिल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । बिहिबार बैंकले विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदमा सहयाेग पुर्याउन ७८ हजार ७ सय ५० रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो ।

धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न उक्त रकम सहयोग गरेको जनाएको बैंकले जनाएकाे छ ।

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौटगरी नमुना विद्यालय बनाउन पहल चालेको छ भने सो विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

उक्त कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ड्रप आउट रोक्न सहयोग पुग्ने उपमहानगरनगरको भनाइ रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै