PRABHU BANK

‘कृषि कर्जाको ब्याज अनुदान दुरुपयोग भएको छैन, कार्यविधिअनुसार नै वितरण भएको छ’ : गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको बताएका छन् । शनिबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदानई नियाल्दा कतै दुरुपयोग नभएकाे बताएका हुन् ।

कृषि कर्जा कार्यक्रम सफल देखिएकाे भन्दै गभर्नर अधिकारीले कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा भएकाे बताए । गभर्नर अधिकारीले निकै सानो संख्यामा मात्रै कृषि कर्जा दुरुपयोग भएको देखिएको बताउैदै यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको बताएका छन् ।

युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने अर्थ मन्त्रालयकाे ब्याज अनुदानसम्बन्धी कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको उनकाे भनाइछ । गभर्नर अधिकारीले अधिकांश महिला तथा साना किसान गरि हालसम्म १ लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको बताएका छन् । कृषि कर्जा कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको पनि उनले स्पष्ट पारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै