PRABHU BANK

लक्ष्मी बैंकको १३१औं शाखा कार्यालय धनुषा जिल्लाको क्षिरेश्वरनाथमा

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा कार्यालय धनुषा जिल्लाको क्षिरेश्वरनाथमा संचालनमा लयाएको छ । बैंकले आफ्नो १३१औं शाखा कार्यालय धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएको हो । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
साथै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास पनिराखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै