PRABHU BANK

मौद्रिक नीति साउनको पहिलो हप्ता सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१-०८२  का लागि साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि असार १६ गते भित्र विभिन्न निकायहरूसँग सुझाव माग गरेको थियो भने यति बेला लेखनको चरणमा रहेको छ ।

गभर्नर अधिकारीले आगामी आर्थिक वर्षमा कर्जा लगानी विस्तार हुने गरी तुलनात्मक रुपमा केही खुकुलो मौद्रिक नीति आउने बताएका छन् । उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी ल्याइने बताएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै