PRABHU BANK

तीन अर्बको ऋणपत्र निष्कासनका लागि नबिल बैंकले माग्यो बोर्डसँग अनुमति

काठमाडौँ । नबिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई अन्य सङ्घसंस्थालाई बिक्री गरिने छ ।

वार्षिक ब्याजदर ८ प्रतिशत र यसको अवधि ८ वर्षको हुने बैङ्कले जनाएको छ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै