PRABHU BANK

एनआईसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक

काठमाडौँ । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुका लागि छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न बैंकले छुट सम्बन्धी योजना ल्याएको हो ।

जस अन्तर्गत ९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेकालाई ३५ प्रतिशत व्याज रकममा छुट दिइने बैंकले जनाएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशियाले देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै उक्त व्याज छुट योजना सार्वजनिक गरेको हो ।

बैङ्कले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइने छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैङ्कबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै