PRABHU BANK

पेन्सन कोषमा रहेको ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोसमा रहेको ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ३६६ दिनका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा उक्त रकम ब्याजमा राख्न चाहेको हो ।

जस अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्तावित ब्याजदरसहित असार २० गतेसम्म दरखास्त दिन आह्वान गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै