prabhu

ठगीको आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालकसहित ६ जना पक्राउ

काठमाडौं । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जना ठगीको आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले कलंकी ट्रेड सेन्टरका व्यापारिक इकाई (सटर)हरूको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोपमा बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं लाजिम्पाटका ६८ वर्षीय नरेन्द्र बज्राचार्यसँगै राजु महर्जन, ललितपुर महानगरपालिका ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरञ्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्ति रमण पंगेनी रहेका छन् ।

नरेन्द्र बज्राचार्यको टोलीले न्युरोड क्षेत्रका व्यापारीलाई कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वासमा १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका  हुन् ।

प्रहरीका अनुसार उनीहरूले न्युरोडका ५ सय जना भन्दाबढी व्यापारीसँग कलङ्कीमा ४० लाखमा सटर दिने भन्दै ५ अर्ब भन्दाबढी रकम उठाएको पाइएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा उनीहरूविरुद्ध ३ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै