PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरुलाई सितल चौतारी होटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुलाई सितल चौतारी होटलमा विशेष छुट दिइने बारे सम्झौता भएको छ । बैंक र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशत सम्मको आकर्षक छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै