PRABHU BANK

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारीलाई हस्पिटलमा विशेष छूट

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटलबीच छुट दिने सम्झौता भएको छ । बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने  सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट बाग्मती प्रदेश-३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन् । बैंकमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामुलक सन्देश प्रस्तुत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै