PRABHU BANK

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई होटलमा उपलब्ध सेवाहरूमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई होटलमा २० प्रतिशतसम्म छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई बन्दिपुरमा रहेको बन्दिपुर ईको होटल प्रालि, हेरिटेज गेस्ट हाउस एण्ड रेष्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल, हिल्स सेभेन रेष्टुरेन्ट एण्ड लज, होटल तीनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजमा छुट हुने भएको हो ।

बैंकका ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल तथा रेष्टुरेन्टमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण देखाउनु पर्नेछ ।

त्यस्तै, बन्दिपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेस्ट हाउस एण्ड रेष्टुरेन्टका प्रोपाइटर संगीता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक विश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेन्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तीनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै