PRABHU BANK

सिद्धार्थ बैंकद्धारा विद्यालयलाई १४ वटा पङ्खा हस्तान्तरण

काठमाडौँ । सिद्धार्थ बैंकले विद्यालयलाई १४ वटा पङ्खा हस्तान्तरण गरेको छ । बैंकले बल्चनपुर, रौतहटको श्रीकृष्ण माध्यमिक विद्यालयलाई असार ६ गते १४ वटा पङ्खा हस्तान्तरण गरेको हो ।

बैंकले बढ्दो तापक्रमसँग विद्यार्थीहरूलाई सामना गर्न मद्दत पुर्याउने र स्थानीय शिक्षा क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले सो सहयोग गरेको हो ।

सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई पङ्खा सहयोग गरेर विद्यार्थीहरूको लागि थप आरामदायी वातावरण सिर्जना गर्न मद्दत पुर्याएको हो ।

त्यस्तै, अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई कक्षामा ध्यान केन्द्रित गर्न कठिनाइ भएपछि यो पहलले विद्यार्थीहरूको लागि सहज वातावरण बनाउने प्रयास बैंकले गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै