PRABHU BANK

कुमारी बैंक र फिल्लीबीच सम्झौता, बैंकका ग्राहकलाई फिल्लीका सेवाहरुमा १० प्रतिशत छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकलाई फिल्लीका सेवाहरुमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्राली (फिल्ली) काठमाडौँबीच बैंकका ग्राहकहरूलाई फिल्लीबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार बैंकका ग्राहकहरूले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बौद्ध स्थित शाखाहरूबाट सेवा लिए बापत बैंकको डेबिट र क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।

त्यस्तै, यो सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै