PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डायग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डायग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट हुने भएको छ । बैंकका ग्राहकलाई शुक्रा हाउसको विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त हाउसबीच भएको सम्झौता अनुसार यो छुट बैंकका ग्राहक तथा कर्मचारीले पाउनेछन् ।

त्यस्तै, बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका परिवारले शुक्रा हाउस डायग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा उपचार सेवा लिँदा इनहाउस रुटिन टेस्टमा २५ प्रतिशत, इनहाउस स्पेसलाइजेसनमा २० प्रतिशत, आउटसोर्समा १० प्रतिशत र एक्सरे, यूएसजी, ईसीजी, ईकोमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

यो छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको मान्य डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ । सो सम्झौतामा शुक्रा हाउसका प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका बागमती प्रदेश चिफ अफिसर दीपेन्द्रबाबुले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै