PRABHU BANK

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा थापाथलीमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले त्रिपुरेश्वरको शाखा थापाथलीमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको हो ।

बैंकले आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेनरोड नारायणगढबाट आजैदेखि मेनरोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै