PRABHU BANK

सिद्धार्थ बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग गर्ने

काठमाडौँ । सिद्धार्थ बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग गर्ने भएको छ । बैंकले बालबालिकाहरूका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग गर्ने भएको हो ।

बैंक र उक्त हेल्थबीच अस्पताललाई सहयोग स्वरूप रु १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भूमिका खेल्ने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै