PRABHU BANK

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थालगायतको सुपर मार्केटसँग छुटसम्बन्धी सम्झौता गरेर आफ्ना ग्राहकहरूलाई उक्त  संस्थाहरूले उपलब्ध गराउने सेवामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकका ग्राहकले कास्कीको पोखरा-२६ स्थित लेखनाथ सिटी हस्पिटलमा ५ देखि २५, ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा ५ देखि १०, रूपन्देहीको बुटवल-५ स्थित ए एन्ड ए हेल्थ क्लबमा ५ देखि १९ र तिलोत्तमा-५, मणिग्राममा रहेको एन्जी मार्केटमा १.५ देखि १० प्रतिशतसम्म छुट पाउने छन् ।

उक्त संस्थाहरूले उपलब्ध गराउने सेवा लिए बापत ग्राहकले महालक्ष्मी विकास बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै