PRABHU BANK

बैंकिङ प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन: ३० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले जेठ ३२ गते ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।

अन्तर बैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल झरेपछि बैंकिङ प्रणालीबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो १४ दिने निक्षेप संकलन उपकरणको असार १४ गते साँवा तथा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै