PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा चैनपुरमा सञ्चालन, सर्वसाधारणको घर आँगनसम्म सहज रुपमा बैंकिङ सेवा विस्तार

काठमाडौँ । प्रभु बैंकले चैनपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका वडा नं १० बझाङ स्थित चैनपुरमा ३०४औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

त्यस्तै, प्रभु बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंक ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द एयर २०२३’ को उपाधिबाट सम्मानित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै