PRABHU BANK

माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले नयाँ ब्यादर सार्वजनिक गर्दै असार महिनामा व्यक्तिगततर्फ अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको हो ।

जेठ महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । जसअनुसार बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ७ प्रतिशत र ३ वर्ष देखि माथिका लागि ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै