PRABHU BANK

असारमा कृषि विकास बैंकको ब्याजदर यथावत

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत राखेको छ । बैंकले जेठ महिनामा प्रदान गरेको ब्याजदर अर्थात् व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम राखेको हो ।

जसअनुसार व्यक्तिगत तर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ प्रतिशत, ६ महिनाका लागि ४.५५१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत, १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१ प्रतिशत र बिडिङ्गका लागि ४.५१ प्रतिशत ब्याजदर निर्धारण निर्धारण गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै