PRABHU BANK

कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं। कुमारी बैंक लिमिटेडले असार महिनाका लागि व्यक्तिगत तर्फ र संस्थागत दुवैमा मुद्दती निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर कायम गरेको हो ।

बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७१ प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

तर, कुमारी मोबाइल स्मार्ट एपका ग्राहकका लागि ३ देखि ६ महिना अवधिका लागि ५.४६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ५.७१ प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ र ३ वर्षभन्दा माथिको अवधिका लागि ६.७६ प्रतिशत ब्याजदर कायम गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, जेठ महिनामा अधिकतम ६.२६ प्रतिशत ब्याजदर प्राप्त गर्ने संस्थागत मुद्दती निक्षेपका ग्राहकका लागि असार महिनामा अधिकतम ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

बैंकका अनुसार संस्थागत मुद्दती निक्षेपका ग्राहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ४.२६ प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्म अवधिका लागि ५.०१ र ३ वर्षभन्दा माथिको अवधिका लागि ५.६१ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै