PRABHU BANK

बैंकहरूको गैर बैंकिङ सम्पत्ति २७ अर्ब नाघ्यो

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति साढे २७ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्म बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढेर २७ अर्ब ६० करोड १३ लाख रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेर ३.९८ प्रतिशत पुगेसँगै गैर बैंकिङ सम्पत्ति पनि बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूको यस्तो गैर बैंकिङ सम्पत्ति बढेर १८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँमात्रै थियो । बैंक तथा वित्तीय संस्थाको सो गैर बैंकिङ सम्पत्ति मध्ये २३ अर्ब ७४ करोड रुपैयाँ वाणिज्य बैंकहरूको हो भने विकास बैंकहरूको गैर बैंकिङ सम्पत्ति २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

अन्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढिरहेका बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने गैर बैंकिङ सम्पत्ति नभएको देखाएको छ । चालु आर्थिक वर्षको यो अवधिसम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति एनआईसी एशिया बैंकको रहेको छ । बैंकको गैर बैंकिङ सम्पत्तिमात्रै ४ अर्ब १४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै