PRABHU BANK

प्राइम कमर्सियल बैंकको दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमानचोकमा र कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर-३ भद्रवासमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

हनुमानचोकको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जयराम महत र भद्रवासमा कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले आफ्ना ग्राहकलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने पनि बताए । दुवै नयाँ काउन्टरबाट सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै