PRABHU BANK

शाइन रेसुंगा बैंकका कर्मचारीलाई लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकका कर्मचारीले लुम्बिनी केबलकारको सेवामा छुट पाउने भएका छन् । बैंकले लुम्बिनी केबलकारसँग व्यवसायिक सहकार्य गरेसँगै कर्मचारीहरुले २० प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गरेका छन् ।

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै