PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन प्रदान गरेको छ । बैंकले प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको हो ।

एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने  भन्दै एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले विगतमा बैंक र नेपाल प्रहरी बीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै