PRABHU BANK

मेगा बैंक लिमिटेडको १३७औं एटिएम सेवा भद्रपुरको घोडामारामा

mega bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटिएम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटिएम सेवा सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । योसँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटिएम सेवा विस्तार गरेको छ । स्थापनाको १२ वर्षमा आइपुग्दा मेगा बैंकले १९९ वटा शाखा विस्तार गरेको छ । यसैगरी देशभर २४ वटा एक्स्टेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सेवा, ३,२०० भन्दा बढी मेगा रेमिट सञ्जाल छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै