PRABHU BANK

नेपाल एसबिआई बैंकद्धारा प्यान नम्बर र खाताको विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौँ । नेपाल एसबिआई बैंकले खातावालालाई आफ्नो प्यान नम्बर र खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै खातावालालाई आफ्नो प्यान नम्बर र खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरणहरू अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

यसैगरी खातावालाहरुले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण बैंकको कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै