PRABHU BANK

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत जेठ २४ गते ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ सिस्टममार्फत (आज) बिहीबार दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिनेछ ।

त्यस्तै, इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै