PRABHU BANK

राष्ट्र बैंकको कारवाहीमा पर्ने डरले बैंकहरु पूँजीकोष बढाउँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कारवाहीमा पर्ने डरले  बैंकहरु पूँजीकोष बढाउन लागि परेका छन् । राष्ट्र बैंकको व्यवस्था अनुसार पूँजीकोष नपुगेका बैंकहरु कारवाहीमा पर्ने डरले पूँजीकोष बढाउन लागि परेका हुन् ।

योसँगै असार मशान्तसम्ममा ९ प्रतिशतभन्दा तल पूँजीकोष रहेका बैंकहरु कारवाहीमा पर्ने सम्भावना देखिएको छ ।

यता बैंकहरु भने नयाँ उपकरण जारी गर्नेदेखि बढी जोखिमभार भएका कर्जाको असुलीमा केन्द्रित भएका छन् । राष्ट्र बैंकले तोकेको सीमामा आधा दर्जन बढी बैंकलाई पूँजीकोष राख्न कठिन हुने देखिएको छ ।

बैंकहरुले हाल पूँजीकोष थप घट्न नदिन कर्जा नियन्त्रण गरिरहेका छन् । साथै, जोखिमभार भएका कर्जाहरु असुलीमा बैंक बढी केन्द्रित भइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै